राष्ट्रपतिबाट नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता

287
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bidhya-devi-vandari-768×466.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bidhya-devi-vandari.jpg 890w” sizes=”(max-width: 494px) 100vw, 494px” />

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयक संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधि सभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएकाे छ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेपछि १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त विधेयक प्रतिनिधि सभामै फिर्ता पठाएकी हुन् ।

विधेयक प्रमाणिकरण गर्न दवाब आईरहदा नागरिकता विधेयक फिर्ता पठाउन पनि राष्ट्रपतिलाई ज्ञापनपत्रसहितका थुप्रै जनगुनासो र सुझाब समेत परेको थियो । उक्त विधेयक देश र जानताको हित विपरीत रहेको निष्कर्षसहित फिर्ता गरिएको हो ।

arthasanjal.com/wp-content/uploads/2022/08/received_3163178423935285-1-745×1024.jpeg 745w, arthasanjal.com/wp-content/uploads/2022/08/received_3163178423935285-1-768×1056.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/received_3163178423935285-1-1117×1536.jpeg 1117w, arthasanjal.com/wp-content/uploads/2022/08/received_3163178423935285-1.jpeg 1396w” sizes=”(max-width: 218px) 100vw, 218px” />

 

 

कमेन्ट गर्नुहोस्