प्रतिनिधिसभाको बैठक आज बस्ने, यस्तो छ कार्यसूची

221
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/sava-1.jpeg 750w” sizes=”(max-width: 500px) 100vw, 500px” />

चार दिनपछि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठकका आठ वटा कार्यसूची रहेका छन् । पहिलो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले बीमा सम्बन्धी विधेयक पेश गर्नेछन् ।

संघीय संसद्मा दर्ता भएको चार वर्षपछि बीमा सम्बन्धी विधेयक पेश हुन लागेको हो। यो विधेयक २०७५ असार २७ गते संसद्मा दर्ता भएको थियो ।

त्यस्तै, अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको छ ।

आजै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

कमेन्ट गर्नुहोस्