प्रज्ञा प्रतिष्ठानमा ‘चोभार ब्लुज’को अन्तरक्रिया कार्यक्रम सम्पन्न

211
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/y-1-1024×472.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/y-1-768×354.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/y-1-1536×708.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/y-1.webp 2040w” sizes=”(max-width: 500px) 100vw, 500px” />

साहित्यकार बिक्रम भक्त जोशीको नवीनतम् कृति ‘चोभार ब्लुज’को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजधानी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रक सम्पन्न भएको हो ।

पेरोल साहित्य समाजकी अध्यक्ष रेणुका भट्टराईको सभापतित्व रहेको कार्यक्रममा प्रा.डा सावित्री मल्ल कक्षपति र समालोचक तथा चलचित्रकर्मी प्रकाश सायमी पुस्तक समीक्षकको भूमिकामा रहेका थिए ।

प्रा.डा सावित्री मल्ल कक्षपतिले पुस्तकबारे आफ्नो समीक्षात्मक टिप्पणीमा कथाका शीर्षक, आफ्नोपनको खोजी र ब्लुज नाम यसै नेपाली साहित्यमा स्थापित भइसकेको भए पनि पुस्तकको शीर्षक फेर्न सकिन्थ्यो कि भन्ने कुरामा समालोचकीय दृष्टि राखेकी थिइन् ।

त्यसगरी, प्रकाश सायमीले पुस्तकले नयाँ विधा जन्माए तापनि यसै पुस्तकको आकारमा विंस २०४८ सालतिर मधुपर्कमा केही अङ्क बिक्रम भक्त जोशीको शैलीमा लेखिसकिएको स्मरण गरेका थिए ।

प्रकाश समिरले सञ्चालन गरेको कार्यक्रममा समालोचक महेश पौड्यालले शुभकामना मन्त्व्य दिएका थिए । उक्त कार्यक्रममा डा.अशोक मल्ल, प्रधानसम्पादक अश्विनी कोइराला, डा. अशोक थापा, साहित्यकार पुस्कर लोहनी, कवित तथा पत्रकार शरद प्रधान, समालोचक हरी अधिकारी, कवि महेश क्षितिज, रमेश दाहाल, नाटककार पुरु लम्साल, कवि राजु उबरकोटी, आख्यानकार मिलन कार्कीलगायत अन्यको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्