नेप्से १९.०६ अंकले घट्यो, एक अर्ब ७६ करोडको कारोबार

282
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/sharbajar.jpg 670w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । आज नेप्से १९.०६ अंकले घटेर दुई हजार ३७.८३ विन्दुमा बन्द भएको छ । आज नेप्सेमा एक अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५० वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९प्रतिशतले बढेर प्रतिकित्ता ३३३.६० रुपैयाँ पुगेको छ भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १४३.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज ७ करोड २७ लाख भन्दा बढीको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्