एमालेको सचिवालय बैठक बस्दै, आसन्न चुनाव मुख्य एजेन्डा

140
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/uml_sachiwalay-1024×617.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/uml_sachiwalay-768×463.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/uml_sachiwalay-770×463.webp 770w, arthasanjal.com/wp-content/uploads/2022/08/uml_sachiwalay.webp 1080w” sizes=”(max-width: 498px) 100vw, 498px” />

आसन्न प्रदेश र प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।

बैठकमा मंसिर ४ मा निर्धारित निर्वाचनको रणनीति, चुनावी एजेण्डा र समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । बैठकले पोलिटब्यूरो र केन्द्रीय समितिको बैठकको मिति तोक्नसक्ने सम्भावना पनि छ ।

आसन्न निर्वाचनमा सत्ता गठबन्धन बाहिरका विचार मिल्ने दलसँग तालमेल गर्ने रणनीतिमा एमाले छ । निर्वाचन प्रयोजनका लागि एमालेले दल दर्ताको काम सकिसकेको छ ।

कमेन्ट गर्नुहोस्