
आज बुधबार सुनको मूल्य बढेको छ । मंगलबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार १ सय रुपैयाँ पुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै बढेर तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार २५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ८२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2021/11/gold-sun-chadi_20200621105645-768×512.jpg 768w, 






