
नेपाल समाजवादी केन्द्रका अध्यक्ष बाबुराम भट्टराई मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यी दुई नेताबीच केहीबेर अघि भेटवार्ता सुरु भएको केन्द्रका नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
भेटमा भट्टराईसँगै पार्टीका अर्का अध्यक्ष महिन्द्र राय यादव पनि सहभागी छन् ।
दुई नेताबीच आगामी संघ र प्रदेशको चुनावी तालमेल, सत्ता गठबन्धन लगायत समसामयिक राजनीतिबारे छलफल हुँदैछ ।
केही समयअघि जनता समाजवादी पार्टी जसपामा कारवाहीमा परेपछि नयाँ राजनीतिक दल नेपाल समाजवादी केन्द्र खोलेका भट्टराईले चुनावको मिति घोषणा भएसँगै चुनावी तालमेलबारे उच्चस्तरीय भेटघाट गरेका हुन् ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/PM-deuba-1024×768.webp 1024w, 





