
मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले नयाँ बर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राहीमैत्री योजना ‘रेमिटोत्सव’ सम्पन्न गरेको छ।
गत वैशाख १ बाट प्रारम्भ भएर साउन ४ सम्म चलेको यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्द्धन गरेको थियो। ‘वैधानिक रुपमा रेमिट्यान्स पठाऔँ रेमिटोत्सव मनाऔँ’ मूल नाराका साथ सम्पन्न यस अफरमा १४ हप्तासम्म संसारका २०० भन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स कारोबार गर्नेमध्ये हरेक दिन १ जनालाई र योजना अवधिभर कुल ९८ जनालाई प्रत्येक दिन उपहारस्वरुप रु. ५ हजार प्रदान गरिएको थियो।
त्यस्तै यस योजनाका दौरान बम्पर उपहार विजेतालाई रु. ५० हजार व्यवस्था गरिएको थियो। जसको विजेता कतारमा रहेका गोर्खा जिल्ला निवाशी कमल कमर भएका छन् भने उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाएका थिए।
रेमिटोत्सव योजनाबारे बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘नयाँ वर्षको २०७९ का अवसरमा वैधानिक रुपमा रेमिट्यान्स पठाउने सन्देशमूलक योजना–रेमिटोत्सव सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा हामी खुसी छौँ। रेमिट्यान्स देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले यसलाई वैधानिक तवरबाट देश भित्र्याउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने कुनै दुईमत छैन। त्यसैले हामीले यस योजनामार्फत रेमिट्यान्स कारोबार गर्दा वैधानिक माध्यमबाट मात्र कारोबार गरौँ भन्ने मूल सन्देश दिएका छौँँ।’
इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भए पनि व्यापार प्रवर्धनात्मक तथा सेवाग्राहीमैत्री–डिजिटल रेमिट्यान्समा आइपÞmोन जित्ने चान्स अफर लिएर आइसकेको छ। विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमूलक यस अफरमा पठाउनेले आइपÞmोन १३ जित्न सक्नेछन् भने नेपालमा प्राप्त गर्ने व्यक्तिले रु. १०० बोनस पाउनेछन्। त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेट्मा प्राप्त गरि सेवाग्राहीले रु. २००को बोनससमेत प्राप्त गर्न सक्नेछन्।
इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाखभन्दा बढी प्रयोगकर्ताहरु र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रानसफरले आफ्ना सेवाग्राहीलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

arthasanjal.com/wp-content/uploads/2022/08/r-1-768×511.jpg 768w, 






