एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ६१.९३ प्रतिशतको गिरावट: ईपीएस पनि घट्यो

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/u-1-768×397.png 768w, arthasanjal.com/wp-content/uploads/2022/08/u-1.png 823w” sizes=”(max-width: 500px) 100vw, 500px” />

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १० करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले कम्पनीको नाफा ६१.९३ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५ करोड १२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कुल आम्दानी ४ करोड १८ लाख रुपैयाँमा सीमित थियो।

चुक्तापुँजी १ अर्ब २२ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ १० करोड ६६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन अर्निङमा ११ ७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३.३९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ९.३५ रुपैयाँ थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ १०७.६८ रुपैयाँ रहेको छ।

कमेन्ट गर्नुहोस्