पेट्रोलियम पदार्थमा ५० प्रतिशत मूल्यबृद्धिपछि देशव्यापी प्रदर्शन

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/petrol12022-06-03-05-06-22-768×461.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/petrol12022-06-03-05-06-22-770×463.jpeg 770w, arthasanjal.com/wp-content/uploads/2022/08/petrol12022-06-03-05-06-22.jpeg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />
बंगलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धिको देशव्यापी विरोध भएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो ।

सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको थियो । टापु देश श्रीलंकापछि दक्षिण एसियाको अर्को देश बंगलादेश पनि प्रदर्शनबाट प्रभावित छ । आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेशभर इन्धन स्टेसनमा घेरा हालेका छन् ।

शेख हसिना सरकारले मंगलबार पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको थियो । ५१.७ प्रतिशतले गरिएको उक्त वृद्धि बंगलादेश स्वतन्त्र भएपछि अहिलेसम्मकै इन्धनमा भारी मूल्यबृद्धि भएको जनाइएको छ । मूल्यबृद्धिका बाबजुद पेट्रोल भर्ने मानिसहरूको लाम पेट्रोल पम्पहरूमा देख्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्