
प्रभु क्यापिटल लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रममा जनचेतनामूलक भिडियो “आशा” सार्वजनिक गरेको छ । यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकताहरु जसले प्रभु क्यापिटलको पिएमएसबाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेको कम्पनीले जनाएको छ ।
यस भिडियोमा व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको प्रभु क्यापिटलले यो योजनामा जोडिएर व्यक्तिले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सकिने जनाएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित उक्त कार्यक्रमको सुरुवात गरेको हो ।
शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ कम्पनीले बालदिवसको शुभ अवसर पारेर ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना शुरुवात गरेको हो ।
क्यापिटलको यो लिटिल च्याम्प पिएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा÷छोरीहरुको सुरक्षित भविष्यको लागि शुरु गरेको हो । बच्चाहरुले पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एक पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने जनाएको छ ।









