
बजेटमा गरिएकाे घोषणाविपरित उच्च तहका कर्मचारीहरुको तलब बढाइएको भन्दै सिहंदरबारभित्रका तल्ला तहका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको छ ।
आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा वृहत् आन्दोलनको तयारी गरिरहेको भट्टराईले बताए । सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा आफूहरु वृहत् आन्दोलनको तयारीमा रहेको उनले बताए ।
अहिले पेन डाउन गरेर सुरु गरेता पनि आजै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु रहेको भट्टराईले बताए । नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा दिने समेत आनदोलित पक्षको चेतावनी छ ।
आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीहरुले भोलि (मंगलवा) बिदामा बस्ने घोषणा गरेका छन् । देशभरीका नासु कर्मचारीहरुले बिदा बस्ने निर्णय गरेको भट्टराईले बताए । मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/08/nasu-kharidar-768×512.webp 768w, 





