
राष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो विश्व राजनीति र भूराजनीति तथा त्यसले नेपालमा पार्न सक्ने प्रभावका विषयमा चासो राखेकी छन् । यसबारेमा उनले पूर्वपरराष्ट्रमन्त्रीहरूस ँग छलफल गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, प्रकाशचन्द्र लोहनी, रामशरण महत, प्रदीप कुमार ज्ञवाली र प्रकाश शरण महत सहभागी थिए ।
राष्ट्रपतिले बदलिँदो भूराजनीतिको विषयमा चासो राखेको छलफलमा सहभागी पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । पछिल्लो समय विकसित विश्व राजनीति र भूराजनीति तथा त्यसले पार्ने प्रभावका सम्बन्धमा राष्ट्रपतिले जिज्ञासा राखेको ज्ञवालीले बताए । त्यसबारेमा पूर्वपरराष्ट्रमन्त्रीहरूल े आफ्ना धारणा रखेको उनको भनाइ छ ।
पछिल्लो समय चीन र अमेरिकाबीच तनाव बढीरहेको छ । यस्तो अवस्थामा पूर्वपरराष्ट्रमन्त्रीहरूस ँग राष्ट्रपतिले गरेको छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
छलफलमा राष्ट्रपतिले नेपालको परराष्ट्र नीति कसरी सञ्चालन भइरहेको छ भनेर जिज्ञासा पनि राखेकी थिइन् । नेपालले लिएको परराष्ट्र नीति कति प्रभावकारी छ रु, नेपालले कस्तो नीति लिएको छ रु जस्ता जिज्ञासा राखेको भेटमा सहभागीले बताएका छन् ।

arthasanjal.com/wp-content/uploads/2022/07/bidey-devi-bhandari.jpg 640w” sizes=”(max-width: 500px) 100vw, 500px” />






