सुर्खेतमा थपिए आठ हजार ६ सय २० मतदाता

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/४४-1-1024×683.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/४४-1-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/४४-1-1536×1024.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/४४-1.webp 1920w” sizes=”(max-width: 450px) 100vw, 450px” />

सुर्खेतमा आठ हजार ६ सय २० मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालयले १९ साउनसम्म मतदाता नामावली संकलन गरेको थियो । मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रमअन्तर्गत प्रदेश निर्वाचन कार्यालय सुर्खेतले असार १ देखि १९ साउनसम्म एक महिना १९ दिन अभियान सञ्चालन गरेको थियो ।

सुर्खेतको तीन ठाउँबाट नामावली दर्ता तथा पुरानो अद्यावधिक गरिएको थियो । अद्यावधिकको विवरण भने केही दिनपछि मात्रै सार्वजनिक हुने प्रदेश निर्वाचन प्रमुख दुर्गाप्रसाद चालिसेले बताए । १३ चैत २०७८ मा प्रकाशन भएको मतदाता सूचीअन्तर्गत सुर्खेतमा दुई लाख ३८ हजार चार सय ५७ जनाको मतदाता थिए ।

१९ साउनसम्म प्रदेश निर्वाचन कार्यालयले सुर्खेतमा आठ हजार ६ सय २० जनाले मतदाता नामावली दर्ता गरेको जनाएको छ । प्रदेश र संघको निर्वाचनमा सुर्खेतमा दुई लाख ४६ हजार मतदाता हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले बताए ।

कमेन्ट गर्नुहोस्