नबिल बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब बढी

Share:
arthasanjal.com/wp-content/uploads/2022/05/Nabil-Bank-opens-branches-in-12-rural-municipalities_F69NCmIH2M-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/05/Nabil-Bank-opens-branches-in-12-rural-municipalities_F69NCmIH2M.jpg 940w” sizes=”(max-width: 500px) 100vw, 500px” />

गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत र सञ्चालन नाफा १३.९८ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त्रैमाससम्म आइपुग्दा बैंकले वितरणयोग्य नाफा ११९.९६ प्रतिशतले बढोत्तरी गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

यता, बैंकको खुद नाफामा सुधार भएपनि चुक्ता पुँजी झन धेरै बढेपछि प्रतिसेयर आम्दानी घटेको देखिन्छ । हालै मात्र नेपाल बंगलादेश बैंकलाई एक्वायर गरेपछि गत वर्षको तुलनामा चुक्ता पुँजी ६४.९२ प्रतिशतले बढेको छ ।

जसका कारण प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५२ पैसाले घटेर २६ रुपैयाँ ८८ पैसामा आएको छ । नबिलको रिजर्भ कोष, निक्षेप संकलन तथा कर्जा लगानीलगायत सूचकहरुमा पनि सुधार भएको छ । रिजर्भ कोष ६८.११ प्रतिशतले बढेर २६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी भएको छ ।

कमेन्ट गर्नुहोस्