बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

Share:
arthasanjal.com/wp-content/uploads/2022/02/Pakrau_arthasanjal-1024×567.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/02/Pakrau_arthasanjal-768×425.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/Pakrau_arthasanjal.jpg 1112w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका-७ घर भइ हाल काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्दै आएका ४६ वर्षीय दिपक चन्द्र आचार्य रहेका छन् ।

बैंकिङ कसुर मुद्दामा १९ लाख ५० हजार विगो माग गरिएकोमा उनी फरार रहेका थिए । उनलाई विशेष अनुसन्धान टोलीले बिहीबार काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धानका लागि प्रहरी वृत गौशाला पठाइएको छ ।

कमेन्ट गर्नुहोस्