भिभो भी२१ई को मूल्य घट्यो,अब मात्र ३७ हजार ९९९ मा किन्न पाईने

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/Vivo-1024×597.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/Vivo-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/Vivo-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/08/Vivo.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड, भिभोले आज आफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोनमध्ये एक भी२१ई को मूल्य घटाएको छ । भी२१ई को मूल्य दुई हजार रुपैंयाले घटेको छ र यो अब नयाँ मूल्य ३७ हजार ९९९ मा उपलब्ध हुनेछ । यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुनेछ ।

भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैं उत्साहित छौं र यो मूल्य घटेको घोषणासंगै नेपाली ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गर्छौं । भी२१ई एक सुविधायुक्त स्मार्टफोन हो । भिभोमा, हामी हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधिहरू प्रदान गर्न निरन्तर तत्पर छौं ।”

कम्पनीका अनुसार भी२१ई मा ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा एआई नाइट पोट्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियोहरु लिन सकिन्छ । यसको उत्कृष्ट–इन–क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरूको कारण स्पष्ट तस्वीरहरू, राम्रो नाइट शटहरू, र फोर के गुणस्तरमा अल्ट्रा–स्टेबल भिडियोहरू लिन सकिन्छ ।

शक्तिशाली ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेराको एफ/२.० एपर्चरको साथे प्रकाश सीमित भएको वातावरणमा पनि राम्रो परिणाम दिन्छ । एआई नाइट पोट्र्रेटको साथमा, मल्टी–फ्रेम नोइज रिडक्सन एल्गोरिथ्म र एआई हाई–डेफिनिशन टेक्नोलोजी संयोजन गरिएको छ जसकारण प्रयोगकर्ताहरूलाई उत्कृष्ट नाइट फोटो खिच्न सजिलो हुने कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्