पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/petrol_birod-768×485.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/petrol_birod.webp 840w” sizes=”(max-width: 475px) 100vw, 475px” />

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा भारी मात्रामा मूल्य घट्दा पनि नेपाल आयल निगमले मूल्य घटाउन आनाकानी गरेको भन्दै उनीहरुले नेपाल आयल निगमको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

आयल निगमले भने भारतबाट मूल्य घटेर आएपनि निगमको घाटा कायमै रहेकोले तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्