तोलामा ८ सयले बढ्यो सुनको मूल्य

Share:
arthasanjal.com/wp-content/uploads/2021/10/Gold_Sun-1024×619.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/10/Gold_Sun-768×464.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/Gold_Sun.jpg 1158w” sizes=”(max-width: 496px) 100vw, 496px” />

आज सुनको मूल्य बढेको छ । बुधबार तोलाको ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला १ हजार २१० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

कमेन्ट गर्नुहोस्