एकै दिन थपिए ९१५ कोरोना संक्रमित, २ जनाको मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-1024×641.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-768×481.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana.jpg 1150w” sizes=”(max-width: 479px) 100vw, 479px” />

आज देशभर ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार दुई जनाको स्वाब परीक्षण गर्दा ९१५ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोनाबाट थप २ जनाको ज्यान गएको छ ।

आज तीन हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जनामा र दुई हजार ९११ जनाको एन्टिजन परीक्षण गर्दा ३२५ जनामा कोरोना देखिएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०१ जना निको भएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या पनि पाँच हजार ४३३ पुगेको छ । केही सातायता संक्रमण दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । उनको अनुसार, गत साता १२ प्रतिशत रहेको संक्रमण दर आज १५ प्रतिशत पुगेको छ ।

कमेन्ट गर्नुहोस्