चुनावबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठक जारी

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/gathabandhan-1024×535.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/gathabandhan-768×402.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/gathabandhan.webp 1440w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबारे सत्तारुढ गठबन्धन दलहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । दिउँसो ३ बजेदेखि बैठक सुरु भएको हाे ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको उपस्थिति रहेको छ । यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरेको थियो । प्रधानमन्त्री देउवालेसमेत छिट्टै निर्वाचनको मिति तोकिने बताउँदै आएका बेला सरकारमा सहभागि दलहरुबीच छलफल गर्न बैठक बसेकाे बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्