अमेरिकाले ताइवानको साथ छाड्ने छैन : सभामुख पेलोसी

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/pelosi-wen-1024×604.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/pelosi-wen-768×453.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/pelosi-wen-368×216.webp 368w, arthasanjal.com/wp-content/uploads/2022/08/pelosi-wen.webp 1079w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । चीनको चेतावनीलाई वेवास्ता गर्दै गए राति यहाँ आएकी उनले ताइवानी नेताहरूसँग आज भएको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन् ।

राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरीन् । अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी उच्च अमेरिकी अधिकारी हुन् ।

राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गरेकाेमा आभार व्यक्त गरिन् । उनले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गरिन् ।

कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छभने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ । साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले कायम नै राखेको छ ।

कमेन्ट गर्नुहोस्