मनकामना केबलकार करिब ६ हप्ता बन्द हुने

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/ManakamanaCableCar_20200717180214-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/ManakamanaCableCar_20200717180214-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/ManakamanaCableCar_20200717180214.jpg 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि साउन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको हो ।

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुनेछ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति  गर्न लागिएको हो ।

स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने कम्पनीले जनाएको छ । यस अबधिभर केबलकार सेवा बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने कम्पनीको भनाई छ ।

कमेन्ट गर्नुहोस्