
कुमारी बैंकको नाफा ४३.८७ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा क्रमश २५.६७ प्रतिशत र ४.४७ प्रतिशतले बढाएर नाफा बढ्न पुगेको हो।
बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत र सञ्चालन मुनाफा ३२.६८ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ २७ पैसा रहेको छ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/KBL-Logo-768×152.jpg 768w, 






