गृहमन्त्रीको निर्देशन- बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्नू

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/khad-scaled-1-1024×799.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/khad-scaled-1-768×599.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/khad-scaled-1-1536×1198.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/khad-scaled-1-2048×1598.webp 2048w” sizes=”(max-width: 385px) 100vw, 385px” />

गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।

म्याग्दी, चितवनलगायतका स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएपछि गृहमन्त्री खाणले चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीसहितलाई टेलिफोन गरेर पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएका हुन् ।

केही दिनयता भइरहेको वर्षासँगै आएको बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा क्षति गरिरहेका बेला गृहमन्त्री खाणले क्षतिको जानकारी दिई पीडितको राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका हुन् ।

कमेन्ट गर्नुहोस्