संसदमा रेनुका गुरुङले भनिन्- मेरो घरमा बम पड्काइयो, परिवारसहित मेरो सुरक्षा गरियोस्

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/renuka-gurung-768×512.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/renuka-gurung.webp 1023w” sizes=”(max-width: 450px) 100vw, 450px” />

जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले अपरिचित व्यक्तिले आफ्नो घरमा बम पड्काएको भन्दै सुरक्षाको व्यवस्थ गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सोमबार राति आफ्नो घरको गेटभित्र बम पडाएर आतंकित बनाएको भन्दै आफू र आफ्नो परिवारको सुरक्षा गर्न सरकारसँग माग गरिन् ।

‘हिजो राति ८ः२५ बजे देशलाई माया गरेको मन नपराउने देशद्रोहीले मेरो घरको गेटभित्र बम पड्कायो,’ उनले भनिन्, ‘घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ । दुईजना लोग्ने मान्छे मोटर साइकलमा गएको देखेँ । तर, अँध्यारो भएकाले चिन्न सकिनँ ।’

घटना भएपछि आफूले महाराजगञ्ज प्रहरी र गृहमन्त्रीलाई फोन गरेको भन्दै उनले प्रहरी आइसकेपछि आँगनमा आएर हेर्दा रकेट बमको खोल भेटिएको बताइन् । आफू सांसद र पूर्वराज्य मन्त्री रहेको भन्दै उनले आफू र आफ्नो परिवारको सुरक्षार्थ राज्यमन्त्रीले पाउने अनिवार्य पीएसओ उपलब्ध गराउन माग गरिन् ।

कमेन्ट गर्नुहोस्