
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ७ करोड ९७ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा गत वर्ष २६ दमलव ४३ प्रतिशत कम खुद नाफा गरेको हो । अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले रू. १० करोड ८३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष सञ्चालन नाफा ९३.१३ प्रतिशत बढी रू. ४ करोड १६ लाख गरेको कम्पनीको खुद नाफा भने खराब कर्जा संकलन कम भएकाले घटेको हो । अघिल्लो वर्ष रू. १५ करोड ४ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले गत वर्ष रू. ८ करोड ४९ लाखभन्दा बढी मात्र यो कर्जा संकलन गरेको हो ।
२० प्रतिशत बोनस शेयर गत वर्ष वितरण गरी कम्पनीको चुक्तापूँजी रू. ३४ करोड २७ लाख ४४ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम ६ दशमलव ४६ प्रतिशत बढी रू. १८ करोड ६७ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीले अघिल्लो वर्षभन्दा २४.२८ प्रतिशत बढी रू. १ अर्ब ७४ करोड कर्जा सापटी लिएको छ भने २५.७९ प्रतिशत बढी रू. ३ अर्ब ४० करोड कर्जा प्रवाह गरेको छ । निक्षेप संकलन भने अघिल्लो वर्षभन्दा २८ दशमलव ३५ प्रतिशत बढी रू. १ अर्ब २० करोडभन्दा बढी भएको छ ।
अघिल्लो वर्ष २.८३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ३.७६ प्रतिशत कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २३.२६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५४.४९ रहेको छ ।

arthasanjal.com/wp-content/uploads/2022/08/Samatalaghubittaarthasansar-768×432-1.jpg 768w” sizes=”(max-width: 500px) 100vw, 500px” />






