पशुपतिनाथकाे सन्ध्याकालीन आरतीमा सहभागी हुँदा ओलीमाथि आक्रमण

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/oli-33-1024×682.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/oli-33-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/oli-33.jpg 1280w” sizes=”(max-width: 450px) 100vw, 450px” />

पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ । पशुपतिनाथमा सोमवारको सन्ध्याकालीन आरतीमा सहभागी हुन पुगेका ओलीमाथि एक धार्मिक समूहका युवाहरुले आक्रामक गरेका हुन ।

आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सरिता केसी र पुस्ता तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

हिन्दुराष्ट्र समाप्त पारि धर्मनिरपेक्षता लागु गर्ने र नेपालको सनातन धर्म, संस्कृति र परम्परामामाथि ठेस पुर्याएको भन्दै उनीहरुले ओली माथि आक्रामक गरेका हुन ।

पशुपतिनाथको गरिमा नबुझ्ने होली वाइनका पक्षधरहरुलाई पवित्र स्थलमा आउन छूट नभएको भन्दै उक्त समुहले ओलीलाई आरती कार्यक्रममा रोक लगाउने प्रयास गरेका थिए ।

कमेन्ट गर्नुहोस्