पहिराेले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/thumb-18-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/thumb-18.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अविरल वर्षाका कारण खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ केरावारी माैरी पुल नजिकै र इच्छाकामना गाउँपालिका-६ काे २ र ३ नम्बर पुलकाे बीचमा खसेकाे पहिराेका कारण रातिदेखि नै यातायात अवरूद्ध बनेको हाे ।

याे सडक राजधानी काठमाडाैंलाई देशकाे पूर्वी र पश्चिम भेगसँग जाेड्ने मुख्य मार्ग हाे । सडक खुलाउन मंगलबार बिहानैदेखि पहिराे हटाउन सुरू गरिएकाे चितवन जिल्ला प्रहरी कार्यालयले बताएकाे छ । चितवनमा अविरल वर्षा भइरहेकाे छ ।

कमेन्ट गर्नुहोस्