
प्रमुख प्रतिपक्षी एमालेले मूल्यबृद्धिलगायत जनसरोकारका विषयलाई लिएर काठमाडौंमा बृहत् जनप्रदर्शन कार्यक्रम भइरहेको छ । मुलुकमा महँगी, भ्रष्टाचारलगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली गरेको हो ।
आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन अपरान्ह दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी, बाङ्गेमुढा, असन, भोटाहिटीहुँदै शान्तिबाटिकामा पुगेर बसन्तपुरमा सभामा परिणत हुनेछ । प्रदर्शनसँगै काठमाडौं उपत्यकामा पानीसमेत परिरहेको छ ।
जनप्रदर्शनमा पार्टीका काठमाडौं उपत्यकाका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र जनबर्गिय संगठनहरुको उपस्थिति रहेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/CPN-UML-1024×614.webp 1024w, 





