युक्रेन युद्धका कारण राजीनामा दिएका पुटिनका दूत अस्पताल भर्ना

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/putin-dut-1024×719.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/putin-dut-768×539.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/putin-dut.webp 1050w” sizes=”(max-width: 427px) 100vw, 427px” />

युक्रेनको युद्धका कारण क्रेमलिनको विशेष दूतको पद छोडेका अनातोली चुबैसलाई स्नायु प्रणालीमा असर गर्ने दुर्लभ अटोइम्युन डिसअर्डरका कारण अस्पताल भर्ना भएका छन् । चुबैसलाई गुइलेन–ब्यारे सिन्ड्रोम भएको छ । यसले रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउछ ।

मार्चमा राजीनामा दिएर तुरुन्तै रुस छाडेका ६७ वर्षीय चुबैसलाई युरोपमा कुन अस्पतालमा भर्ना गरिएको छ भन्ने बारेमा स्पष्ट भएको छैन् । कुनै समय पूर्वराष्ट्रपति बोरिस येल्तसिनको प्रमुखको रूपमा काम गरेका चुबैसले राजीनामा गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सम्बन्धका लागि विशेष प्रतिनिधिको रूपमा काम गरेका थिए ।

कमेन्ट गर्नुहोस्