पहिरोले डुम्रे – बेशिसहर सडकखण्ड अबरुद्ध

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/IMG-dda68a8a58c2e18e20a2d1dbd233ec6f-V-461×1024.jpg 461w, arthasanjal.com/wp-content/uploads/2022/08/IMG-dda68a8a58c2e18e20a2d1dbd233ec6f-V-691×1536.jpg 691w, arthasanjal.com/wp-content/uploads/2022/08/IMG-dda68a8a58c2e18e20a2d1dbd233ec6f-V.jpg 720w” sizes=”(max-width: 135px) 100vw, 135px” />

लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार  रातिदेखिको निरन्तर वर्षाका कारण  गएरातिदेखि  नै उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहित लेदो आएर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख कृष्णबहादुर कार्कीका अनुसार उदीपुर सडकको वैकल्पिक रूपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदीपुर बजार जोडिने भागमा माथिबाट लेदो आएर सडक अवरुद्ध बनेको हो ।

सडकखण्ड अवरुद्ध हुँदा बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।  पानी परिरहेकाले सडकको पहिरो पन्छाउन कठिनाइ भएको डुम्रे–बेँसीसहर–चामे योजना सडक कार्यालय लमजुङले जनाएको छ । यस सडकको दूरी ४२ किलोमिटर छ ।

गत वर्ष र असार पहिलो साताको पहिरोले डुम्रे–बेँसीसहरको देउरालीडाँडाको सडक नै बगाएपछि उक्त स्थानबाट वैकल्पिक सडकको रूपमा सञ्चालन हुँदै आए पनि यस खण्डसमेत पटक–पटक  पहिरोले अवरुद्ध हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्