थप ६२० जनामा सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/04/corona-e1624250617156-1024×478.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/04/corona-e1624250617156-768×358.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/04/corona-e1624250617156.jpg 1050w” sizes=”(max-width: 500px) 100vw, 500px” />

देशभर थप ६२० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ८४६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४९६ तथा एन्टिजेनबाट १२४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । नेपाल हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९६७ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा २९७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५६७ पुगेको छ । त्यस्तै, थप २५ हजार ४३६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

कमेन्ट गर्नुहोस्