घोराही सिमेन्टले माग्यो प्रिमियममा आईपिओ निष्काशन अनुमति

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/2008b17af1a633c85c6798b7afa5e8441659259058-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/2008b17af1a633c85c6798b7afa5e8441659259058.jpg 900w” sizes=”(max-width: 450px) 100vw, 450px” />

घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपिओ निष्काशनको अनुमति माग गर्दै साउन ९ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले उद्योग प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल ७९ लाख ४३ हजार ८ सय १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। जस मध्ये ३ लाख ९७ हजार १ सय ९० कित्ता शेयर उद्योग प्रभावित स्थानीयलाई र ७५ लाख ४६ हजार ६ सय ११ कितात शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता ४०० र सर्वसाधारणलाई निष्काशन हुने शेयरको मूल्य प्रति कित्ता ४३५ रुपैयाँ कायम गरेको छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

घोराही सिमेन्ट इन्डस्ट्रि पश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग हो। बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादन गरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमा प्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रि वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्