नेपाल फाइनान्सले ११ लाख ३४ हजार कित्ता सेयर लिलामीमा बेच्ने 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/nepal-finance-logo-1024×230.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/nepal-finance-logo-768×172.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/07/nepal-finance-logo-1536×345.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/nepal-finance-logo-2048×460.webp 2048w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नेपाल फाइनान्सले साउन २३ गतेदेखि ११ लाख ३४ हजार ७१६.१८७ कित्ता संस्थापक सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा कम्पनीकौ संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद भदौ ६ गतेसम्म रहेको छ । कम्पनीले यसअघि असार १७ गतेदेखि  २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो । तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

कमेन्ट गर्नुहोस्