साफ यू-२० : आज नेपाल र भारत भिड्दै

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/under-20-saff-768×413.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/under-20-saff.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

भारतमा जारी साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली भारतसँग खेल्दै छ । भारतको भुबनेश्वरमा हुने नेपाल भारतको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुने जनाइएको छ ।

दुई खेल जितेको नेपालले तेस्रो जितका लागि भारतसँग खेल्न लागेको हो ।नेपालले यसअघि मालदिभ्सलाई ४–० र श्रीलङ्कालाई ३–० ले पराजित गरेको थियो ।

पहिलो खेलमा बङ्गलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलङ्कालाई ४–० ले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्