चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खस्यो

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/cz-5-rocket-1-768×486.png 768w, arthasanjal.com/wp-content/uploads/2022/07/cz-5-rocket-1.png 853w” sizes=”(max-width: 474px) 100vw, 474px” />

चिनियाँ रकेटको भग्नावशेष हिन्द र प्रशान्त महासागरमा खसेको अमेरिकी र चिनियाँ अधिकारीले जनाएका छन् । यसअघि अन्तरिक्ष विज्ञहरूले चीनको अन्तरिक्ष एजेन्सीमा रकेट अवतरणको सम्भावना रहेको भन्दै लङ मार्च ५ का अधिकांश अवशेष वायुमण्डलमा जलेको बताएका थिए ।

अन्तरिक्ष विज्ञहरूले जनसंख्या भएको क्षेत्रमा रकेट अवतरणको सम्भावना निकै कम रहेको बताएका थिए । प्रशान्त महासागरमा रहेको सुलु सागरलाई पुनः प्रवेश गर्ने स्थानको रूपमा पहिचान गरेका थिए ।
रकेटको कोर स्टेजको अनियन्त्रित फिर्तीले अन्तरिक्ष फोहरको  जिम्मेवारीको बारेमा सर्वत्र प्रश्न खडा गरेको छ ।

एक ट्वीटमा अमेरिकी अन्तरिक्ष कमाण्डले लङ मार्च ५ हिन्द महासागरमा पुनः प्रवेश गरेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्