एमालेले एम अधिकारीलाई सीसीटीभी फुटेजसँग साट्याे:रवि लामिछाने

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/rabi-lamichhane-1-1024×573.png 1024w, arthasanjal.com/wp-content/uploads/2022/06/rabi-lamichhane-1-768×430.png 768w, arthasanjal.com/wp-content/uploads/2022/06/rabi-lamichhane-1.png 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिइएइको टिप्पणी गरेका छन् । संसदीय छानबिनका क्रममा एमालेले समेत शर्माको कमजोरी लुकाउन सहयोग गरेको टिप्पणी गरेका हुन् ।

शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले भने, ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन । खोइ कहाँ छ ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ ?’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस् । रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नु होला ।’

एमालेको अर्थ तथा योजन विभागको सदस्य रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै माओवादी केन्द्रलगायत सत्तारुढ दल र तीनका भ्रातृ संगठनले गभर्नरको राजीनामा मागेका थिए । लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए ।

विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको लामिछानेको टिप्पणी छ । उनले अब जनतालाई जे भनेपनि हुन्छ भन्ने मानसिकता अन्त्य गर्न युवाहरु जाग्नुपर्ने बताए । लामिछानेले भ्रष्टाचार र बेतिथिको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्ने समेत दाबी गरेका छन् ।

कमेन्ट गर्नुहोस्