पहिलो टी २० मा भारत विजयी

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ind1-e1657256710374.jpg 700w” sizes=”(max-width: 472px) 100vw, 472px” />

पाँच टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई ६८ रनले हराएको छ । यससँगै भारतले शृंखलामा १-० को अग्रता लिएको छ ।

शुक्रबार राति भारतले दिएको १९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ८ विकेट गुमाएर १२२ रनमा समेटियो ।

वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन, केमो पाउलले १९ रन, निकोलस पुरण १८ रन र केली मेयर्सले १५ रनको योगदान गरे । भारतका रविचन्द्र आश्विन, रबि बिश्नोई र अर्शदिप सिंहले समान २ विकेट लिए ।

यस अघिटस हारेर  पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १९० रनको योगफल तयार पार्यो ।

भारतका कप्तान रोहित चन्दले ६४ रन,  दिनेश कार्तिक ४१ रन, सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ र  ऋषव पन्तले १४ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेपले २ विकेट लिए ।

कमेन्ट गर्नुहोस्