नागढुङ्गाबाट बिल बिनाको १३५ बोरा रासायनिक मल बरामद 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/mal-1024×512.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/mal-768×384.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/mal.jpeg 1440w” sizes=”(max-width: 500px) 100vw, 500px” />
चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ ।

ना.६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बिल बिनाको उक्त रसायनिक मल फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई बरामद मल र ट्रक सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्