
सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो । जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/02/1298851107ipo-768×461.jpeg 768w, 






