राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/sava-rr-768×375.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/sava-rr.jpg 777w” sizes=”(max-width: 500px) 100vw, 500px” />

राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ ।

राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा सो विधेयक पठाइएको थियो । उक्त विधेयक विदेश महिलाले नेपाली पुरुषसँग विवाह गरी आएलगत्तै उनले वैवाहिक अंगीकृत नागरिकता पाउने र गैरआवासीय नेपालीलाई समेत सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधि गर्ने पाउनेगरी नागरिकता दिने व्यवस्था गरेको छ ।

कमेन्ट गर्नुहोस्