प्रकृतिको काखमा रहेका धेरै ताल अझै पनि ओझेलमा परेका छन्। मानव समाजको पहुँचबाट धेरै टाढा रहेका तालहरूको संरक्षणमा कुनै निकयको ध्यान जान सकेको छैन । भाैगोलिक विकटता, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज अनुसन्धानको कमीका कारण ती तालको संरक्षण नभएको हो । जसकारण धेरै ताल गुमनाम अवस्थामा छन् ।
प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् यद्यपि तिनको उजागर हुन सकेको छैन । गुठीचौर गाउँपालिका- १ मणिसाँघुबाट डेढ दिनको दूरीको ४७०० मिटरमा अवस्थित आकाशे ताल (स्काई लेक), ४३०० मिटरको हिउल्सा ताल र ४००६ सय मिटर उचाइमा रहेको दूधकुण्डली ताल पर्यटकहरूको पर्खाईमा छन् ।
कमेन्ट गर्नुहोस्