भोलिदेखि फोहोर ढुवानी गर्दै काठमाडौं महानगर

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/phohor.webp 720w” sizes=”(max-width: 500px) 100vw, 500px” />

काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएकाे बताएको छ । ल्यान्डफिल साइट जाने सडक निर्माणको काम आजसम्म सम्पन्न गरिने सूचना प्राप्त भएको महानगरले जनाएको छ ।

महानगरपालिकाले जारी गरेको सूचनामा बिहीबार बिहान ६ बजेदेखि आफ्नो पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारीसाधनसम्म फोहोर पुर्‍याउन अनुरोध गरिएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले उक्त सडक निर्माणको काम सवारी आवतजावतका कारण कठिनाइ भएको भन्दै साउन ३ गते महानगरलाई पत्र पठाएको थियो । त्यसपछि फोहोर ढुवानी कार्य सात दिनका लागि रोक्ने निर्णय गरिएको थियो ।

महानगरले सात दिनसम्म घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न अपिल गरेको थियो ।

कमेन्ट गर्नुहोस्