यु १७ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी उर्जन श्रेष्ठले पाएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु १७ टिमको जिम्मेवारी श्रेष्ठलाई सुम्पिएको जनाएको हो ।
श्रेष्ठको प्रशिक्षणमा नेपाली टिमले सेप्टेम्बरदेखि हुने यु १७ साफ च्याम्पियनसिप र सन् २०२३ मा हुने एएफसी एसियन कप छनोट खेल्नेछ ।
यी दुई प्रतियोगिताको लागि एन्फाले मंगलबारदेखि खेलाडी छनोटको खुल्ला प्रकृयासमेत सुरु गरिसकेको छ ।
श्रेष्ठ ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारका प्रशिक्षक हुन् । श्रेष्ठको प्रशिक्षणमा रहेको थ्री स्टार गएको सिजन तालिकाको छैटौं स्थानमा सीमित भएको थियो ।
कमेन्ट गर्नुहोस्