इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरिरहेको डिशहोम नेटवर्कले आइभीको सेवा शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले डिशहोम आई टिभी सेवाको सुरुवात गरेको हो ।
कार्यक्रममा बोल्दै डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यले प्रभु टिभिलाई प्राप्ति /एक्वाएर गरेर ग्राहकहरुलाई केही नयाँ सेवा दिने उद्देश्यका साथ आइ टिभी शुरु गरेको बताए । अरु आई टिभी भन्दा यसमा एक्सक्लुसिप च्यानलहरु पनि रहेको आचार्यले बताए । उनले भने, ‘यसमा हाल डिशहोमले दिइरहेकै प्याकेजहरु छन् । र रमाइलो टिभि, रियालिटी टिभी, स्पोर्ट्स, छोटो फिल्महरु लगायत डिशहोमले दिएका अरु थुप्रै च्यानलहरु समेत हेर्न सकिन्छ ।’
डिशहोम फाइबर नेट ग्राहकहरुलाई एउटा कम्बो प्याकेज दिने हिसाबले डिशहोम आई टिभी लन्च गरेको आचार्यले बताए । साथै, आचार्यले निकट भविष्यमा फरक– फरक ठाउँमा डिशहोमका सेवा एउटै प्याकेजमा दिने तयारीमा रहेको कार्यक्रममा जानकारी दिए ।
त्यस्तै, डिशहोमका अध्यक्ष हेमराज ढकालले विश्वकै नविनतम टेक्नोलोजी प्रयोग गरेर आई टिभीको शुरुवात गरेको बताए । ‘हाल हामीले विश्व कै नयाँ प्रविधिको प्रयोग गरेर आई टिभीको शुरुवात गरेका छौं’, उनले भने, ‘डिशहोमले स्थापना कालदेखि नै ग्राहकहरुलाई प्राथमिकतामा राखेर नयाँ÷नयाँ प्रविधिहरु भित्र्याउँदै गइरहेको छ ।’ व्यवसायी नाफा कमाउने भन्दा पनि नेपालमा सूचना क्रान्तिका लागि अगाडी बढिरहेको अध्यक्ष ढकालले बताए ।
नेपालको एक मात्र DTH सेवा प्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल रहेको छ । २०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेकोमा पछि डिश नेपालसंग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवा लाई संचालनमा ल्याएको थियो । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु संगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको छ ।
पें टिभीमा मात्र आफ्नो सेवा प्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसाय लाई विस्तार संगै अन्य सेवा प्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट, Terrestrial (T2) टिभी र आइपी टिभीमा समेत आफ्नो सेवा लाई विस्तार गरेको छ । ग्राहकहरुको मन जित्न सफल इंन्टरनेट सेवा डिशहोम फाईवरनेट, सबै भन्दा वढि सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित त्भTerrestrial (T2) टिभी मार्फत ग्राहकहरु लाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।
DTH र Terrestrial (T2) भन्दा फरक प्रविधी Internet Protocol based यो IP टिभीमा २०० भन्दा वढि टिभी च्यानलहरु, Video on Demand, Catch up TV/ Start-over TV, Youtube, TikTok, लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।