बजेट प्रकरण : विज्ञहरुसहित समितिले थाल्याे रिकभर गरिएकाे सीसीटीभी फुटेजकाे अध्ययन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-sharma-5-768×461.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-sharma-5-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-sharma-5.jpg 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करका दर हेरफेर गरेको आरोपमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। समितिले बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते)को अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिकभर रिपोर्टका सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै छ ।

नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त रिकभर रिपोर्टका सन्दर्भमा समिति विज्ञहरुसँगको छलफलमा जुटेको हो । समितिमा छलफलका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालाका २ जना विज्ञहरु पनि बैठकमा सहभागी छन् । आरोपको छानबिनका लागि गठित समितिले जेठ १४ गतेको सीसीटीभी फुटेज मागेको थियो ।

अर्थ मन्त्रालयले उक्त अवधिको फुटेज स्वतः मेटिएको भन्ने जवाफ दिएपछि समितिले फुटेज रिकभरका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । प्रहरीको विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई आफ्नो रिपोर्ट बुझाएको थियो । सिलबन्दी गरिएको रिपोर्ट मंगलबार बिहान बसेको बैठकमा खोलिए पनि फुटेज प्रष्ट रुपमा नदेखिएका र बुझ्न नसकिने भएकाले विज्ञसँग छलफल गर्ने निष्कर्षमा समिति पुगेको हो ।

कमेन्ट गर्नुहोस्