मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा सुरू

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Mnemonic_Moru_Service_Started-1024×1024.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Mnemonic_Moru_Service_Started-150×150.jpg 150w, arthasanjal.com/wp-content/uploads/2022/07/Mnemonic_Moru_Service_Started-768×768.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Mnemonic_Moru_Service_Started.jpg 1080w” sizes=”(max-width: 300px) 100vw, 300px” />

मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।

यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । साथै मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’ प्रयोग गरि भुक्तानी गरेमा १५% वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।

यसै गरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरू प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने जानकारी सार्वजनिक गर्ने समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज् र मोरूले संयुक्त रूपमा जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्