एसईईको नतिजा भोलि सार्वजनिक हुने, हेर्ने व्यहोरा यस्तो छ

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/SEE-1-768×493.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/SEE-1.jpg 1000w” sizes=”(max-width: 467px) 100vw, 467px” />

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा भोलि सार्वजनिक गर्दैछ । नतिजा सार्वजनिकको निर्णय गर्न बोर्ड बैठक बोलाइएको छ ।

बोर्डको बैठक बसेपछि भोलि नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बताए । बोर्डका अध्यक्ष महाश्रम शर्माले पनि भोलि नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका परीक्षा नियन्त्रक रायमाझीले जानकारी दिए ।

कसरी हेर्ने ?

कमेन्ट गर्नुहोस्