जनकपुरधाम यातायात कार्यालयबाट ५५ करोड ५६ लाख राजस्व सङ्कलन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/money-1-768×412.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/money-1.jpg 994w” sizes=”(max-width: 500px) 100vw, 500px” />

मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा ५५ करोड ५६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आव २०७८/७९ रु ५५ करोड ५६ लाख ६८ राजस्व सङ्कलन भएको हो ।

सवारी करबाट रु ४२ करोड २२ लाख ३४ हजार ८७, सवारीचालक अनुमतिपत्र तथा नवीकरणबाट रु १२ लाख एक हजार १६१ तथा नयाँ सवारी दर्ता र रुट परमिटबाट रु एक करोड ३२ लाख चार हजार ९८१ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । यो आव २०७७/७८ को भन्दा रु २२ करोड ३० लाख बढी हो । अघिल्लो आर्थिक वर्षमा रु ३९ करोड २२ लाख राजस्व सङ्कलन भएको थियो ।

यस्तै आव २०७८/७९ मा १६ हजार १८७ मोटरसाइकल, ५११ ट्र्याक्टर, ४७१ टेम्पु, २८२ इ–रिक्सा, २३८ जिप-कारलगायत १५ हजार ९२० नयाँ सवारी साधन दर्ता भएको उनले बताए । कार्यालय प्रमुख साहका अनुसार सो आवमा २० हजार ६७२ जनालाई नयाँ चालक अनुमतिपत्र वितरण गरिएको थियो भने २२ हजार ७५० सवारी साधन नवीकरण गरिएको थियो । मधेस प्रदेश सरकारले पाँच वर्षभन्दा बढी समयदेखि नवीकरण नगराएका सवारीसाधनलाई नवीकरणमा लाग्ने जरिवाना छुट दिनु, नयाँ सवारीसाधनको दर्ता बढ्नु र कर्मचारीले इमान्दारितापूर्वक कार्यालय समयमा बसेर काम गर्नाले गत आवमा राजस्व सङ्कलन उल्लेखीय बढेको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्